ट्राफिकको सरप्राइज चेकिङ : १०३ चालकलाई कारबाही

२०८२ माघ १३ गते, सोमबार


काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सरप्राइज चेकिङ गर्दै १०३ चालकलाई कारबाही गरेको छ । सोमबार बिहान उपत्यकाका विभिन्न ठाउँहरुमा गरिएको सरप्राइज चेकिङमा १०३ चालक कारबाहीमा परेका हुन् । सार्वजनिक सवारी, पानी ट्यांकर, फोहार बोक्ने सवारी, एम्बुलेन्स, स्कुल बस लक्षित ट्राफिकले सरप्राइज चेकिङ गरेको थियो । सो क्रममा १३ चालकले मदिरा सेवन गरेर सवारी चलाएको पाइएको छ । जसमध्ये १२ जनालाई नियन्त्रणमा लिएर विभिन्न वृत्तहरुमा कारबाहीका लागि पठाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]