काठमाडौं उपत्यकासहित तराई मधेशमा हुस्सु : हवाई उडान प्रभावित

२०८२ माघ १६ गते, बिहीबार


काठमाडौँ । काठमाडौं उपत्यकासहित तराई मधेशमा लागेको हुस्सुका कारण हवाई उडान प्रभावित भएका छन् । हुस्सुका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवतरण रोकिएको छ । भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका विमानस्थलहरुमा आज बिहानका उडान डिले भएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो परेको पानीका कारण हुस्सुकुहिरो लागेको हो । वाष्पीकरणका बेला माथिल्लो वायुमण्डलको तापक्रम चिसो भएकाले पानीका साना साना कण तल धकेलिएर जमिनमै रोकिँदा हुस्सुकुहिरो लागेको हो । यो अवस्था दिउँसोदेखि क्रमश: हटेर जाने मौसमविदले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]