नेपाल ग्यासको कार्यालयमा ग्यास लिनेको भिड

२०८२ माघ २१ गते, मंगलवार


काठमाडौँ । बजारमा देखिएको ग्यास अभाव देखिए पछि नेपाल ग्यासको कार्यालयमा ग्यास लिनेको भिड लागेको छ। नेपाल ग्यासका विक्री केन्द्रहरूमा दुई सातादेखि ग्यास नपाइएपछि खाली सिलिण्डर बोकेर दैनिक सयौं उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै पुग्ने गरेका छन्। कार्यालयमै पुग्दा पनि नेपाल ग्यास नपाएको गुनासो उपभोक्ताहरूको छ। बिहानदेखि दिनको २ बजेसम्म मात्र ग्यास वितरण गरिने सो कार्यालयमा अहिले दैनिक सयौं उपभोक्ताहरू लाम बस्ने गरेका छन्। यसरी उपभोक्ताले ग्यास नपाएको गुनासो गरिरहँदा नेपाल ग्यास कम्पनीले ढुवानीमा समस्या देखिएकाले समस्या कायमै रहेको बताएको छ।

प्रतिक्रियाहरु

[anycomment]