भोलिदेखि कोशी र गण्डकी प्रदेशकोमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान तराई भू-भागका केही स्थानहरूमा हस्सु र तुवाँलो लागिरहेको जनाएको छ । महाशाखाले देशको पहाडी र हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहेको जनाएको छ । त्यस्तै, आज दिउँसो भने तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएका कारण जनजीवन प्रभावित हुने भएको हो। कोशी र गण्डकी प्रदेशको पहाडी- हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएको छ । साथै बाँकी भू-भागको भने मौसम मुख्यतया सफा रहेने महाशाखाले जनाएको हो।
त्यस्तै, शुक्रबार राति भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाग्ने भएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी-हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएको हो । साथै बाँकी भू-भागको भने मौसम मुख्यतया सफा रहेने भएको छ।
त्यसैगरी कोशी र गण्डकी प्रदेशको उच्च पहाडी- हिमाली भू-भागका केही स्थानमा भने शनिबार दिउँसोदेखि हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो।
