कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा दिउँसो हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। सोमबार राति पनि तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा राति पनि हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
