कोशी प्रदेशमा वर्षा-हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बिहीबार बिहान तराई भू–भागका केही स्थानहरूमा तथा उपत्यकाहरूमा हुस्सु र कुहिरो लागेको हाे । साथै बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। त्यस्तै, बिहीबार दिउँसो भने तराई भू–भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु र कुहिरो लाग्ने भएका कारण जनजीवन प्रभावित हुने भएकाे हाे । कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधरणतया बादल लाग्ने भएकाे छ। बागमती र गण्डकी प्रदेशका पहाडी–हिमाली भू–भागमा आंशिक बादल लाग्ने भएकाे हाे । साथै बाँकी भू–भागमा भने मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको केही स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे । त्यस्तै, बिहीबार राति भने तराई भू–भागका केही स्थानहरूमा तुँवालो लाग्ने भएकाे छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने भएकाे हाे । साथै बाँकी भू–भागमा भने मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ।
