फुटबल टोली स्वदेश फर्कदै

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एशियन कप २०२३ को छनोट प्रतियोगिता खेलेर नेपाली फुटबल टोली आज स्वदेश फर्कदैछ । कोरोना महामारीका कारण एएफसीले तटस्थ स्थल कुवेतमा छनौट चरणका खेलहरु गराएको हो । कुवेतमा नेपालले खेलेका तीन खेल मध्य एक खेलमा जित निकाल्दा दुई खेलमा पराजय भोगेको छ । नेपाली टिमले चाइनिज ताइपेईलाई २–० गोल अन्तरले पराजित गर्दै तालिकामा ६ अंक बनाउन सफल भयो ।
त्यसपछि जोर्डन र अस्ट्रेलियासँग नेपाली टिमले समान ३–० गोल अन्तरले पराजय भोग्न बाध्य भयो । विश्वकप छनोट चरणबाट बाहिरिसकेको नेपालले एशियन कपको छनोटका लागि प्लेअफ खेल्नेछ ।