नेपाली क्रिकेट टोली ओमान जाँदै

२०७८ माघ २५ गते, मंगलवार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाउन आज राति ८ बजे ओमान प्रस्थान गर्दैछ । समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । त्यस्तै समूह बी मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । खेलहरु फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुनेछ । नेपालले पहिलो खेल ओमानसँग फेब्रुअरी १८ मा, दोस्रो खेल फिलिपिन्ससँग फेब्रुअरी १९ मा, तेस्रो खेल क्यानाडासँग फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोली दुवै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ । फाइनल भने फेब्रुअरी २४ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।
यसैगरी, छनोट अघि नेपालले ओमानमा चारदेशीय टी–२० सिरिज खेल्ने छ । सिरिजको पहिलो खेलमा नेपालले ओमानविरुद्ध फेब्रुअरी ११ मा खेल्नेछ । यस्तै, दोसो खेल युएईसँग फेब्रुअरी १२ मा खेल्दा नेपालले फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]