विम्बल्डन टेनिसमा जोकोभिचको विजयी शुरुवात

काठमाडौं । साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसमा विजयी शुरुवात गरेका छन् । बेलायतको सेन्टर कोर्टमा सोमबार शुरु भएको वर्षको तेस्रो ग्राण्डस्लाम टेनिसको उद्घाटन खेलमा जोकोभिचले दक्षिण कोरियाका क्वान सुन वु माथि तीन–एकको सेटमा हराएका हुन् । क्वानलाई जोकोभिचले छ–तीन, तीन–छ, छ–तीन र छ–चार को सेटमा हराएका हुन । जोकोभिच यो वर्ष पहिलो ग्राण्डस्लाम टेनिसको उपाधि खोजीमा छन् । उनले कोरोना भाइरससम्बन्धी स्वास्थ्य मापदण्ड र भिसा प्रकरणले अष्ट्रेलियन ओपन गुमाएका थिए ।
अर्को खेलमा बेलायती खेलाडी एण्डी मरेले अष्ट्रेलियाका जेम्स डकवर्थलाई चार–छ, छ–तीन, छ–दुई र छ–चारले पराजित गरे । महिलातर्फ बेलायती खेलाडी इम्मा राडुकानुले पहिलो चरणको खेलमा बेल्जीयमकी एलीसनलाई छ–चार र छ–चार को सोझो सेटमा हराइन् । -एजेन्सी