महिला युरोकप: बेल्जियमलाई हराउँदै स्विडेन सेमिफाइनलमा

२०७९ श्रावण ७ गते, शनिबार

काठमाडौँ । स्विडेन इंग्ल्यान्डमा जारी महिला युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियमलाई १-० गोल अन्तरले हराउँदै स्विडेन अन्तिम चारमा पुगेको हो । खेलमा स्विडेनले दबाब राखेको थियो। इन्जुरी समयमा लिन्डा सेम्ब्रान्टले गरेको एक गोल नै निर्णायक बन्यो । यससँगै बेल्जियम प्रतियोगितबाट बाहिरिएको छ। अब स्विडेनले अन्तिम चारमा आयोजक इंग्ल्यान्डको सामना गर्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]