शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत १६औँ चरणको खेल हुँदै

२०८० बैशाख २५ गते, सोमबार


काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिगको १६औँ चरणका खेलको सुरुवाती खेलमा फ्रेन्डस् क्लब र एफसी खुमलटार तथा नेपाल पुलिस क्लब र मनाङ मर्स्यांदी क्लबबीच प्रतिस्पर्धा हुदैछ । सोमवार च्यासल मैदानमा हुने पहिलो खेलमा फ्रेन्डस् क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ। जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ। जारी लिगको १५औँ चरणका खेल सम्पन्न हुदाँ फ्रेण्ड्स क्लब १६ अंकसहित १३ औँ स्थानमा छ भने खुमलटार १७ अंकसहित १२औँ स्थानमा छ। यसैगरी दिउँसो ३ बजे नेपाल पुलिस क्लब र मनाङ मर्स्यांदी क्लब आमुने सामुने हुनेछ। सो खेल एन्फा क्लब सातदोबाटोमा हुनेछ। जारी लिगमा पुलिस १५ अंकसहित पुच्छरमा छ भने मनाङ मर्स्यांदी १९ अंकसहित आठौँ स्थान रहेकाे छ।

प्रतिक्रियाहरु

[anycomment]