एकदिवसीय विश्वकप छनोटः नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदै

२०८० असार ५ गते, मंगलवार

काठमाडौं। जिम्वाबेमा भइरहेको आइसिसी विश्वकप क्रिकेटको छनोट चरणका खेल अन्तरगत आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ।
पहिलो खेलमा घरेलु टोली जिम्वाबेसँग ८ विकेटले पराजित भएको नेपालका लगि अब हुने खेलहरु निकै महत्वपूर्ण छन्। अमेरिकासँग आज हुने खेल जितेमा सुपर सिक्समा पुग्ने नेपालको संभावना कायमै रहने छ। वेस्ट इन्डिजसँग पराजित भएको अमेरिकालाई पनि बाँकी खेल जित्नै पर्ने दवाव छ। जिम्वाबे विरुद्ध पराजित हुँदा पनि राम्रो प्रदर्शन गरेको अमेरिकालाई पराजित गर्ने विश्वास नेपाली टोलीको छ। छनोट अन्तरत नै नेपालले असारकै ७ गते वेष्ट इन्डिज विरुद्ध खेल्नेछ भने असार ९ गते नेदरल्याण्डस विरुद्ध खेल्नेछ। सबै खेलहरु नेपाली समय अनुसार अपरान्ह पौने १ बजे शुरु हुनेछ। सहभागी १० टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा समूह ए मा नेपाल सहित आयोजक जिम्बावे नेदरल्यान्ड्स, अमेरिका, र वेस्टइन्डिज छन्।
समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन्। हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन्। जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ। विश्वकप क्रिकेट यसै वर्षको अक्टोबर नोभेम्बरमा भारतमा आयोजना हुँदैछ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एनपीएलको टिकटदर सार्वजनिक

२०८२ कार्तिक २९ गते, शुक्रबार

फ्रान्स फिफा विश्वकपमा छनोट

२०८२ कार्तिक २९ गते, शुक्रबार

एनपीएलको खेल तालिका सार्बजनिक

२०८२ कार्तिक २६ गते, मंगलवार