१९ औं एसियाली खेलकुद :कबड्डीमा नेपाललाई कास्य पदक

काठमाडौँ । चीनमा जारी १९ औं एसियाली खेलकुदको महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग ६१–१७ ले पराजित भएको छ । योसँगै नेपाल कास्य पदकमा सीमित हुनु परेको छ भने भारत फाइनलमा प्रवेश गरेको छ । यसअघि समूह चरणको पहिलो खेलमा बंगलादेशलाई हराएको नेपाल इरानसँग हारेपछि समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो । पहिलो हाफमा भारत २९–१० ले अगाडि रहेको थियो । एसियाली खेलकुदमा नेपालले पहिलो पटक सहभागिता जनाएको हो ।