वीरजङ्ग स्मृति खुल्ला पुरुष भलिबल:४ टिम सेमिफाईनलमा

२०८० आश्विन २१ गते, आईतवार

काठमाडौँ । नेपाल गणतान्त्रिक खेलकुद महासंघ र लालिगुरास युवा क्लव रोल्पाद्वारा आयोेजनामा गरेको वीरजंग स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिता आज सेमिफाइनलमा पुगेको छ ।
काठमाडौँ नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट ट्रेनिङ सेन्टरमा असोज १८ गतेदेखि २२ गतेसम्म सञ्चालन भइरहेको भलिबल प्रतियोगितामा प्रतिस्पर्धी ९ टिम मध्ये ४ टिम सेमिफाईनलमा पुगेको आयोजकले जनाएको छ ।

भलिबल प्रतियोगिता सुचना तथा संचार प्रविधि मन्त्रि रेखा शर्माको उपस्थितिमा १८ गते उद्घाटन भई नेकपाका महासचिव विप्लव सीद्वारा २२ गते समापन गरिने भएको छ ।
प्रतियोगी जम्मा ९ टिम रहेको र नियम लिकम नकआउट, गेम वेस्ट अफ फाइभ भएकोबारे जानकारी दिदै नेपाल गणतान्त्रिक खेलकुद महासंघका महासचिव विनोद चन्दले भने,-” पाचँ टिम नकआउट भएको छ, चार टिम सेमि फाईनलमा पुगेको छ । नकआउट तर्फ. १.आयोजक २.न्युटन ऐकेडेमि स्कुल, ३.गल्कोट बाग्लुङ, ४.त्रि.वि. आर आर क्याम्पस, ५.कीङस क्लव, सेमि फाईनल तर्फ. .एपिएफ क्लव, २.नेपाल पुलिस, ३.गण्डकी प्रदेश, ४.धौलागिरी रेस्टुरेन्ट एण्ड ओसाका जापान क्लव रहेका छन् ।”
खेलमा सहभागीहरुलाई प्रथम पुरस्कार रु. ५ लाख, द्वितीय पुरस्कार रु. २ लाख पचास हजार, तृतिय पुरस्कार रु. १ लाख र सान्त्वना रु. ५० हजार रहेको बुझिएको छ ।
खेलकुदका माध्यमद्वारा नयाँ खेलाडीहरु उत्पादन गर्ने र खेलाडीहरुलाई प्रोत्साहन गर्न आयोजक र खेलाडी बिचको अन्तर सम्बन्ध कायम गर्न प्रतियोगिता गरेकोे गणतान्त्रिक खेलकुद महासंघका महासचिव विनोद चन्दले बताए। – पासाङ विक

प्रतिक्रियाहरु

[anycomment]