साफ यु–२० फुटबल : भारत र माल्दिभ्स भिड्दै

२०८१ भाद्र ७ गते, शुक्रबार


काठमाडौँ । साफ यु–२० फुटबल च्याम्पियनसिपमा आज भारत र माल्दिभ्स भिड्नेछन् । समुह चरणको यो अन्तिम खेलपछि सेमिफाइनल समिकरण पूरा हुनेछ । समुह ‘बी’ मा भारत र माल्दिभ्ससँगै भुटान पनि सेमिफाइनलमा पुग्ने होडमा जिवित छ । भारत र भुटानले एक एक खेल जित्दा माल्दिभ्स जितविहीन छ । आजको खेल माल्दिभ्सले जितेको खण्डमा समुहका सबै तिन टोलीको समान ३ अंक हुनेछ । यस्तोमा हेड टु हेडको आधारमा सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ ।
प्रतियोगिताको अर्को समुहबाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् । हिजोको खेलमा बंगलादेशलाई २–१ ले हराएपछि नेपाल समुह विजेता तथा बंगलादेश उपविजेता बनेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु