दक्षिण कोरियाली खेलाडीसँग सेल्फी लिएपछि उत्तर कोरियाली खेलाडी कारबाहीमा
२०८१ भाद्र ९ गते, आईतवार
काठमाडौँ । उत्तर कोरियाले दक्षिण कोरियाली खेलाडीसँग सेल्फी लिएपछि आफ्ना रजत पदक विजेता खेलाडीलाई कारबाही गरेको छ ।
बीबीसीका अनुसार केही समय अघि मात्रै फ्रान्सको पेरिसमा सम्पन्न ओलम्पिक खेलको क्रममा दक्षिण कोरियाका टेबल टेनिस खिलाडीसँग सेल्फी लिएको विषयमा उत्तर कोरियाले आफ्ना दुईजना खेलाडीलाई कारबाही गरेको हो ।
टेबल टेनिसको डबल्समा रजत पदक जितेका उत्तर कोरियाली खेलाडी रि जोङ्ग–सिक र किम कुम–योङ्गले पदक समारोहपछि चीन र दक्षिण कोरियाका खेलाडीसँग सेल्फी लिएका थिए । उत्तर कोरियाले आफ्ना खेलाडीलाई खेलको क्रममा छिमेकी मुलुक दक्षिण कोरियाका खेलाडीसँग कुराकानी नगर्न निर्देशनसहित पेरिस पठाएको थियो ।