एन्फा महासचिव राईको तलव मासिक २ हजार अमेरिकी डलर !
काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईको तलव मासिक२ हजार अमेरिकी डलर पुर्याइएको छ । अध्यक्ष पंकज नेम्वाङले कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलव २ हजार अमेरिकी डलर अर्थात करिब २ लाख ७० हजार रुपैयाँ पु-याउने प्रस्ताव राखेको र केही सदस्यको असन्तुष्टिका बाबजुद यो प्रस्ताव बहुमतले पारित भएको बताइएको छ । यसअघि महासचिव राईको तलब १ लाख २० हजार मासिक रहेको थियो ।
बैठकले राष्ट्रिय खेलाडीको तलव १८ हजार रुपैयाँबाट मासिक ३० हजार रुपैयाँमा वृद्धि गरेको छ । यो निर्णय भने सर्वसम्मतले पारित भएको छ ।
बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ । उनको नेतृत्ववमा नेपालले १९ खेल खेलेको थियो । जसमा मात्र ५ जित दिलाएका थिए । ४ खेलमा बराबरी र १० खेलमा हारको नतिजा आएको थियो । एन्फाले अब खुला प्रतिष्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । बैठक बिहीवार बिहानसम्मका लागि स्थगित भएको छ ।