हङकङ सिक्सेस क्वाटरफाइनलमा नेपाल पराजित

२०८१ कार्तिक १७ गते, शनिबार


काठमाडौँ । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको छ । खेलमा श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपाल ८३ रनमा अलआउट भयो । नेपालका राशिद खानले ८ छक्का र एक चौकासहित ५५ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । अन्य ब्याटर टिक्न नसक्दा नेपाल पराजित भयो ।
नेपालका नारायण जोशीले १३ रन बनाउनबाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् । कप्तान सन्दीप जोरा र प्रतिश जिसी शून्य रनमै आउट भए । लोकेश बम ६ र विवेक यादव ५ रनमा आउट भए । श्रीलंकाको जितका लागि लहिरु समाराकून र थरिन्दु रथनायकेले दुईरदुई विकेट लिए भने धनञ्जय लक्षण र लिहुरु मधुसंकाले एकरएक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४ विकेट गुमाएर १२३ रन बनाएको थियो । श्रीलंकाका स्यान्डुन वेराक्कोडीले १४ बलमा पाँच छक्का र चार चौका मद्दतमा ५० रन बनाएर रिटायर्ड हर्ट भए । लिहुरु मधुसंकाकाले ३१, लहिरू समाराकूनले २२, थानुका दबारेले १८ रन बनाए ।
नेपालका प्रतिश जिसी र नारायण जोशीले एकरएक विकेट लिए । समूह चरणमा नेपालले इंग्ल्यान्ड र अष्ट्रेलियालाई पराजित गर्दै समूह विजेताका रुपमा क्वाटरफाइनल प्रवेश गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]