गणतान्त्रिक खेलकुद महासंघ परिवर्तन गाउँपालिकाको अध्यक्षमा गोपालबहादुर केसी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट नेपाल गणतान्त्रिक खेलकुद महासंघ परिवर्तन गाउँपालिका रोल्पाको प्रथम भेलाले गोपालबहादुर केसीको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा दिपेन्द्र चन्द ठकुरी र खुम रिजाल, सचिव चुडामणी केसी, सह–सचिव हिमाल केसी र पानकुमारी बुढा, कोषाध्यक्ष प्रयास बुढा भएका छन् भने अन्य ८ जना सदस्य रहेका छन् ।
गोपाल बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा पोलिट ब्युरो सदस्य चुडामणी सी “आदर्श” को प्रमुख आतिथ्यता र नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रिय सदस्य प्रेम सीको विशिष्ट आतिथ्यता रहेको थियोे ।
नेकपा केन्द्रीय प्रतिनिधि सदस्य तथा नेकपा रोल्पा जिल्ला सेक्रेटरी सन्दीप सी, जिल्ला सदस्य भक्त सी, नेकपा रोल्पा जिल्ला सचिवालय सदस्य तथा परिवर्तन गाउँपालिका इन्चार्ज पृथ्वी सी, नेकपा रोल्पा जिल्ला सदस्य तथा माडी गाउँपालिका सेक्रेटरी अविरल सी र नेकपा रोल्पा जिल्ला सदस्य तथा परिवर्तन गाउँपालिका सेक्रेटरी हिरालाल सी लगायतको आतिथ्यता रहेकोे थियोे । उक्त कार्यक्रमको सञ्चालन सचिव चुडामणी केसीले गरेका थिए ।