नेपाल प्रिमियर लिग : काठमाडौंद्वारा कर्णाली पराजित
२०८१ मंसिर १९ गते, बुधबार
काठमाडौँ । नेपाल प्रिमियर लिग अन्तर्गत आज त्रि.वि. क्रिकेट स्टेडियममा भएको खेलमा काठमाडौं गुर्खाजले कर्णालीलाई ३ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै शिखर धवनको ७२ रनको योगदानमा कर्णालीले काठमाडौंलाई १५० रनको चुनौती दिएको थियो ।
कर्णालीका लागि नटआउट रहेका शिखरले ५२ बलमा ७२ रनको शानदार पारी खेलेका थिए । तर काठमाडौंका करण केसीको विस्फोट ब्याटिङले उनको प्रदर्शन पनि ओझेलमा पारिदियो । काठमाडौंको जितमा नटआउट रहेका सुमित महर्जनले ३७ बल सामना गर्दै ४० रनको योगदान दिए । कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले ३ बल अगावै ७ विकेट गुमाएर १५३ रन बनाउँदै पूरा गरेको हो ।