एसिसी यू-१९ महिला एसिया कप: नेपालद्वारा पाकिस्तान पराजित

काठमाडौँ । एसिसी यू-१९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई हराएको छ । मलेसियाको क्वालालम्पुरमा सोमबार भएको खेलमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १०५ रनको लक्ष्य दिएकोमा नेपालले उक्त लक्ष्य १ ओभर बाँकी छँदै पूरा गरेको हो ।
नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक अवितिज ४७ रन बनाइन् । यस्तै सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन बनाए ।
पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । आजको जीतसँगै नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ । नेपालले अर्को खेल भोलि भारतसँग खेल्ने तालिका छ ।