यू-१९ महिला एसिया कप : नेपाल भारतसँग भिड्दै

२०८१ पुष २ गते, मंगलवार


काठमाडौँ । उन्नाइस वर्ष मुनिको महिला एशिया कप क्रिकेटमा आज नेपाल भारतसँग भिड्दै छ । मलेसियाको बायुमास ओभलमा नेपालले समूह ‘ए’ को अन्तिम खेलमा आज भारत सँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे शुरू हुनेछ । यस अघि नेपालले सोमबार पाकिस्तानलाई ६ विकेटले हराएको थियो ।
यस्तै, आईतबार उदघाटन खेलमा भारतले पाकिस्तानलाई ९ विकेटले हराएको थियो । पाकिस्तानले लगातार २ खेल हारेर बाहिरिए सँगै नेपाल समूह चरणको अन्तिम खेल अघि नै ‘सुपर–४’ मा प्रवेश गरेको थियो ।
एशियाका ६ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् । समूह ‘बी’ मा भारत, पाकिस्तान र नेपाल छन् । दुवै समूहका शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्ने छन् । सिङ्गल राउन्ड रोविनका आधारमा खेलिने सुपर फोरका शीर्ष दुई टोली बीच फाइनल हुने छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु