महिला लिग फुटबल :एपिएफ र पुलिस भिड्दै

२०८१ पुष २५ गते, बिहीबार


काठमाडौँ । एन्फा राष्ट्रिय महिला लिगमा आज (बिहीबार) विभागीय डबी अन्तर्गत एपिएफले नेपाल पुलिस क्लबको सामना गर्दैछ । साविक विजेता एपीएफ र पुलिसको खेल आज दिउँसो ३ बजे एन्फा मुख्यालय मैदानमा शुुरु हुनेछ । आजको खेललाई पछिल्ला दुई खेलमा एपिएफले १४ गोल गरेको एपिएफको वास्तविक परीक्षा मानिएको छ । बागमती युथ क्लब र वालिङ नगरपालिका विरुद्ध आक्रामक खेल प्रस्तुत गरेको एपिएफले प्रहरीलाई चुनौती दिने विश्वास गरिएको छ । पुलिस जारी लिगमा एक गोल पनि नखाने टोली मध्ये एक हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु