अन्तर्राष्ट्रिय महिला क्रिकेट श्रृंखला : नेपाल र युगान्डा भिड्दै

काठमाडौँ । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र युगान्डाले प्रतिस्पर्धा गर्दैछन । खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपाली समय अनुसार दिउँसो ४ बजेपछि शुरू हुनेछ ।
यसअघिको खेलमा नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली युगान्डालाई १ विकेटले हराएको थियो । नेपाल नामिबियासँग भने दुई खेलमा पराजित भएको थियो । बुधबार २३ रनले र पहिलो खेलमा नामिबियासँग ६ विकेटले नेपाल हारोको हो ।
यस्तै, नेपाल तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो । नेपालले शुक्रबार हङकङसँग फेरि खेल्नेछ । नेपाल, युगान्डा, नामिबिया र हङकङ सहभागी प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन् । आज टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा पहिलो खेलमा नामिबिया र हङकङबीच खेल हुँदैछ । फाइनल खेल चैत तीन गते हुनेछ ।