आइसिसी विश्वकप लिग-२ : नेदरल्याण्ड्स र नेपाल भिड्दै

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ मा नेपालले आज नेदरल्याण्डसँग खेल्दैछ । पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध एक विकेटको सनसनीपूर्ण जित निकालेको नेपाल आज नेदरल्याण्डसँग खेल्न लागेको हो । आजको खेल नेपाली समय अनुसार आज अपरान्ह पौने ४ बजे शुुरु हुनेछ । लिग २ मा अमेरिका र नेदरल्यान्ड्स शीर्ष टोली हुन् । त्यही नेदरल्यान्ड्ससँग नेपालले दोस्रो खेल खेल्नेछ । नेदरल्यान्ड्सको यस सिरिजको पहिलो खेल हो ।
नेपालले गत वर्ष घरेलु मैदानमा लिग २ को शुुरुआत गर्दा १ खेलमा जित हात पारेको थियो भने अर्को खेलमा पराजित भएको थियो । नेपालले अस्ट्रेलियाका स्टुवार्ट लको प्रशिक्षणमा पहिलो आधिकारिक खेलमा सनसनीपूर्ण जित हात पारेको छ ।
गत सोमबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई उसकै मैदानमा हराएको हो । जितपछि नेपाल लिग टुको तालिकामा पुछारबाट सातौं स्थानमा उक्लिएको छ । नेपालले १३ खेलमा ३ जितसहित ८ अंक जोडेको छ ।
२० खेलमा १२ खेल जितेको नेदरल्याण्ड २६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदा १७ खेलमा २० अंकका साथ स्कटल्याण्ड चौथो स्थानमा छ । अमेरिका भने तालिकाको शीर्ष स्थानमा रहेको छ ।