आइसिसी विश्वकप लिग-२ : नेदरल्यान्ड् र नेपाल भिड्दै

२०८२ जेष्ठ २८ गते, मंगलवार


काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज नेदरल्यान्ड्ससँग भिड्दै छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिलमा हुने खेल दिउँसो पौने चार बजे शुुरु हुनेछ । पहिलो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको नेपाली टोली लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।
सिरिजको तिन मध्य दुई खेलमा जित र एक खेलमा हार भोगेको नेपाली टोली आज नेदरल्यान्डलाई हराउँदै सिरिजमा सुखद अन्त्य गर्ने प्रयासमा रहेको छ । नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेदरल्यान्डमाथि ५ विकेटको जित निकालेको थियो । नेपाल तेस्रो खेलमा स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो ।
सिरिजमा आफुले खेलेको दुई खेलमा लगातार हार भोगेको नेदरल्यान्डस पहिलो जितको खोजीमा छ । लिग–२ को अंक तालिकामा नेपाल सातौँ स्थानमा छ । लिगको १५ खेलमध्य चार खेलमा जित, ९ खेलमा हार र २ खेलमा अंक बाँडेको नेपाल १० अंकमा तालिकाको सातौँ स्थानमा छ ।
लिगमा सर्वाधिक २२ खेल खेलेको नेदरल्यान्ड्सले १२ खेलमा जित, ८ खेलमा हार र २ खेलमा अंक बाँड्दै २६ अंकमा तालिकाको दोस्रो स्थानमा छ । लिग–२ पछि नेपाली टोलीले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टी–२० आइ सिरिज खेल्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]