अन्तरराष्ट्रिय खेल दिवस मनाइँदै

काठमाडौँ । आज अन्तरराष्ट्रिय खेल दिवस , हरेक दिन खेल रोजौँभन्ने नाराका साथ आज विश्वभर अन्तरराष्ट्रिय खेल दिवस मनाइँदैछ । यस दिवसका अवसरमा खेललाई बालबालिकाको समग्र विकासको मेरुदण्डका रुपमा स्वीकार्दै त्यसको प्रवद्र्धन, संरक्षण र प्राथमिकता दिन सबै सरोकारवालालाई आह्वान गरिन्छ । खेल केवल मनोरञ्जन मात्र नभई, सबै उमेर समूहका मानिसहरुबीचको साझा भाषा भएको हो । यसले सामाजिक समावेशीकरण, मानसिक स्वास्थ्यलाई प्रवद्र्धन गर्छ । अझ बालबालिकाका लागि खेलले विशेषगरी सम्बन्ध निर्माण, समस्या समाधान र बिभिन्न सीप विकासमा महत्वपूर्ण भूमिका खेल्छ । संयुक्त राष्टसंघको बालअधिकारसम्बन्धी महासन्धिको अनुच्छेद ३१ अनुसार, खेललाई प्रत्येक बालबालिकाको आधारभूत अधिकारको रुपमा मानिएको छ । शिक्षा प्रणालीमा खेलमूलक शिक्षाले सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाएको प्रमाणित भएको छ ।