फिफा क्लब वर्ल्ड कप २०२५ सुरु

२०८२ असार १ गते, आईतवार

काठमाडौँ । फिफा क्लब वर्ल्ड कप २०२५ आइतबारवाट सुरु भएको छ। पहिलो दिन भएको समूह ‘ए’को खेलमा अल एहेली र लियोनेल मेसीको इन्टर मियामीले गोल रहित बराबरी गरेका छन्। एहेलीले अफ्रिकाको प्रतिनिधित्व गरेको छ भने मियामी उत्तर अमेरिकी क्लब हो। सो समूहमा पोर्चुगलको एफसी पोर्टो र दक्षिण अमेरिकी क्लब पल्मेराइस छन्। अमेरिकामा लिग कप नकआउटको आधारमा जारी प्रतियोगितामा ३२ टोलीको सहभागिता छ। १४ जुलाइमा प्रतियोगिताको फाइनल हुनेछ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु