साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल बंगलादेशसंग खेल्दै

२०८२ श्रावण ६ गते, सोमबार

काठमाडौँ । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाली यू-२० महिला फुटबल टोली बंगलादेशविरुद्ध च्याम्पियनसिपको अन्तिम खेल खेल्दैछ । राउण्ड रोविन लिगको अन्तिम खेल भएपनि नेपालका लागि भने यो खेल अघोषित रुपमा फाइनल वा सो सरह हुने देखिन्छ । आजकाे खेलमा नेपालले बंगलादेशलाई पछि पार्दै च्याम्पियन बन्नका लागि जीत्नु पर्ने हुन्छ । बंगलादेश भने बराबरीले मात्र पनि च्याम्पियन बन्नेछ ।

बंगलादेश ५ खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमा छ । उसले खेलेको सवै पाँचवटै खेल जितेको छ । यस्तै नेपालले ४ जित र १ हारबाट १२ अंक जोडेको छ र दोस्रो स्थानमा छ । नेपालले भुटान र श्रीलंकालाई दुई-दुई खेलमा पराजित गर्दा बंगलादेशसँग भने पराजित भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]