इंग्ल्यान्डले जित्यो महिला युरो कपको उपाधि

काठमाडौँ । इंग्ल्यान्डले महिला युरो कपको उपाधि प्राप्त गरेको छ। गए राति स्वीजरल्यान्डमा भएको फाइनलमा इंग्ल्यान्डले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको हो। यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो।
खेलको २५ औँ मिनेटमा मारियो काल्डेन्टलीको गोलमा स्पेनले अग्रता लिएको थियो। सो अग्रता धेरै लामो समय भने टिक्न पाएन। ५७ औँ मिनेटमा केलीको गोलमा इंग्ल्यान्डखेलमा फर्किएको थियो।
बराबरीमा सकिएको खेलको पेनाल्टी सुट आउटमा इंग्ल्यान्डकी चोल केलीले विजयी प्रहार गरिन्। स्पेनले लगातार तीन प्रहार खेर फालेको थियो। यी मध्यको दुई प्रहार इंग्ल्यान्डकी गोलरक्षक हनाह हाप्टनले बचाएकी थिइन्।
इंग्ल्यान्डले विदेशी भूमिमा उपाधि जितेको यो पहिलो पटक हो। साथै लगातार तीन युरोपेली उपाधि जितेपछि प्रशिक्षक सरिना विगम्यान महान् प्रशिक्षकको कोटीमा आफूलाई सूचीकृत गर्न सफल भएकी छिन्। उनले दुई फरक देशका लागि उपाधि जितेकी हुन्। कमब्याक क्विन पुष्टि गर्न सफल इंग्ल्यान्ड युरो २०२५ का सबै नकआउट खेलमा पहिला गोल खाएको टिम हो।