एएफसी यु–२० एसियन कप छनोट खेल : नेपाल भुटानसँग भिडदैँ

२०८२ श्रावण २२ गते, बुधबार


काठमाडौँ । एएफसी यु–२० एसियन कपको १२औं संस्करणमा छनोट खेलमा आज नेपालले घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्न लागेको छ ।
नेपाली महिलाटोलीले बुधबारको ‘छनोट प्रतियोगिता’को आफ्नो पहिलो खेलमा घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार साँझ ५ः४५ बजेबाट सुरू हुनेछ ।
दुई साता अघि मात्रै बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ यु–२० च्याम्पियनसिपमा नेपाल र भुटान दुई पटक आमने–सामने भएका थिए । डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धामा दुवै लेग नेपालको पक्षमा गएको थियो ।
नेपाली टोलीले भुटानको पोस्टमा कूल १४ गोल गर्दा मात्र एक गोल मात्रै जवाफमा पाएको थियो । समूह ‘ए’मा रहेको नेपालले भुटान पछि साउदी अरेबिया र तीन पटकको विश्वकप विजेता उत्तर कोरियासँग खेल्ने तालिका छ । उत्तर कोरिया एएफसी एसियन कप र विश्वकप दुवैको साविक विजेता पनि हो ।

प्रतिक्रियाहरु

[anycomment]