ताप्लेजुङ गोल्डकप : आज रेड स्टार र सहलेश भिड्दै

काठमाडौँ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज झापाको रेड स्टार फुटबल क्लब र सिरहाको सहलेश युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा चर्च ब्वाइज क्लबले सुनसरीको द योङ ब्रदर्श फुटबल क्लबलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।
यसअघि सहलेश पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० को फराकिलो गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद सात लाख २८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेता टोलीले तीन लाख ५० हजार ८२ रुपैयाँ प्राप्त गर्नेछ ।