टप इन्ड टी-२० सिरिज: नेपालको तेस्रो हार

२०८२ भाद्र २ गते, सोमबार



काठमाडौँ । नेपालले जारी टप इन्ड टी-२० सिरिजमा लगातार तेस्रो हार बेहोरेको छ । सोमबार बिहान सम्पन्न खेलमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले हार बेहोरेको हो । मेलवर्न स्टार्सले दिएको १७६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै १४४ रन बनाएको थियो ।
नेपालका लागि आसिफ सेखले ५३ रन बनाए भने कप्तान रोहित पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मेलवर्न स्टार्सले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । मेलवर्नका लागि ब्लाक म्याकडोनाल्डले ७४ र थोमस रोजर्सले ६५ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र शहाब आलमले एक एक विकेट लिएका थिए । यो सिरिजमा नेपालको लगातार तेस्रो हार हो । नेपालले यस अघि बंगलादेश ए र एनटी स्ट्राइकसँग हार बेहोरेको थियो । त्यस्तै मेलवर्न स्टार्सको भने तीन खेलमा यो दोस्रो जित हो । नेपालले अब अर्को खेल भोली होबर्ट हुरिक्यान्ससँग खेल्ने तालिका छ भन २० अगस्तमा मेलवर्न रेनेगेड्स र २२ अगस्तमा पाकिस्तान ए सँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]