साफ यू-१७ महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

२०८२ भाद्र ६ गते, शुक्रबार

काठमाडौँ । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले आज आयोजक भुटानसँग खेल्दै छ । खेल थिम्पुस्थित चाङ्लिमिथाङ रंगशलामा नेपाली समयअनुसार साँझ ५ बजेर ४५ मिनेट हुनेछ । भुटानविरुद्ध मैदानमा उत्रिरहँदा नेपाल तीन अ्रककोे लक्ष्य सहित मैदानमा उत्रनेछ ।
पहिलो खेलमा बुधबार भारतसँग ७–० को हार बेहोरेको नेपालका लागि भुटान बलियो प्रतिद्वन्द्वी हो । भुटानले आफ्नो पहिलो खेलमा बलियो बंगलादेशविरुद्ध समक्त प्रदर्शन गरेको छ । सहभागी चार टोलीमध्ये भुटान तुलनात्मक रुपमा कमजोर टोली मान्ने गरिन्छ ।
तल्लो उमेर समूहको साफ च्याम्पियनसिपमा भुटान र छैटौं पटक भिड्दैछन । पछिल्ला पाँच भेटमा नेपालले समान दुई जित र बराबरी खेल्दा एक खेलमा हार बेहोरेको छ । चाङ्लिमिथाङ रंगशालामा नेपाल र भुटान तेस्रो पटक खेल्दैछ ।
नेपालले भुटानसँग एक मात्र हार यही रंगशालामा बेहोरेको थियो । सन् २०१८ दोस्रो संस्करणमा भुटानले घरेलु समर्थक अगाडि तेस्रो स्थानको भिडन्तमा नेपाललाई हराएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]