साफ महिला यु-१७ च्याम्पियनसिप : भुटानमाथि नेपालको जीत

काठमाडौँ । साफ महिला यु-१७ च्याम्पियनसिपमा नेपालले भुटानबिरुद्ध जीत निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले भुटानमाथि २–१ को जीत निकालेको हो । नेपाल पहिलो हाफमा १–० गोलले पछि परेको थियो । तर खेलको ५८ औं मिनेटमा नेपालका लागि सहारा लिम्बुले गरेको गोलले खेल बराबारीमा आएको थियो । ७७ औ मिनेटमा सहाराले नै नेपाललाई २–१ ले अग्रता दिलाइन् । यो जीतसंगै नेपालले ३ अंक जोडेको छ ।
पहिलो खेलमा भारतसंग नेपाल ७–० गोलले पराजित भएको थियो । भुटानको भने यो दोश्रो हार हो । भुटान पहिलो खेलमा बंगलादेशसंग ३–१ गोलले पराजित भएको थियो ।