साफ यु–१७ च्याम्पियनसिप : नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ । साफ सत्र वर्ष मुनि फुटबलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे कोलम्बोमा हुनेछ । आजको खेलमा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली श्रीलङ्ककालाई २–० गोलले हराएको थियो । समूह ‘ए’ मा श्रीलङ्का, नेपाल र बंगलादेश तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् । मंगलबार भारतले माल्दिभ्समाथि ६–० को जित दर्ता गरेको हो । सँगै भारतले ३ अंक जोडेको छ । अर्को खेलमा पाकिस्तानले पनि भुटानलाई ४–० ले पराजित गर्दै ३ अंक जोडेको छ ।