नेपाल र मलेसियाको टी-२० सिरिज सुरु हुँदै

काठमाडौं । नेपाल र मलेसियाको टी-२० सिरिज खेल आजदेखि सुरु हुँदै छ। नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि मलेसियासँग टी-२० सिरिज खेल्दैछ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले मलेसियासँग पाँच वटा अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ ।
सिरिजको पहिलो खेल बिहीबार दिउँसो ४ : १५ बजे सुरु हुँदैछ । थप खेल चार खेल असोज १८, १९, २१ र २२ गते हुनेछन् । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिम एक साता अगाडि नै मलेसिया पुगिसकेको छ ।