टी-२० विश्वकप छनोट खेल : नेपालले यूएईसँग खेल्दै

२०८२ आश्विन २६ गते, आईतवार


काठमाडौँ । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले सुपर सिक्सको पहिलो खेलमा यूएईसँग खेल्दैछ।
नेपाल र यूएईबीचको खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न ४:१५ बजे सुरु हुनेछ।
नेपालले आइतबार यूएईलाई पराजित गर्न सकेमा बलियो सुरुवात हुनेछ र दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा छ।
२६ असोज, काठमाडौं । ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा सुपर सिक्सका खेलहरू आजदेखि सुरु हुँदैछन् ।
नेपालले आज सुपर सिक्सको आफ्नो पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग खेल्दैछ । नेपाल र यूएईबीचको खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । समूह चरणमा युएईले कतार र मलेसियालाई हराएर अपराजित रहेको थियो । नेपालले कुवेत र जापानलाई हराएर अपराजित रहेको थियो ।
नेपालले आइतबार यूएईलाई पराजित गर्न सकेमा बलियो सुरुवात हुनेछ । यूएई र नेपाल दुवै पछिल्लो समय राम्रो लयमा छन् र टेस्ट राष्ट्रलाई हराइसकेका छन् । त्यसकारण दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ ।
नेपाल र यूएई हालसम्म टी-२०आई मा १० पटक आमनेसामने भएका छन् जहाँ दुवैले ५-५ खेल जितेका छन् । पछिल्लोपटक एसीसी प्रिमियर कपमा नेपाल यूएईसँग पराजित भएको थियो । त्यस्तै नेपालले सोमबार कतार, बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]