एनपीएल : आज दुई खेल हुँदै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स बिहान ११: ४५ बजे भिड्नेछन्, जहाँ चितवनको नेतृत्व कुशल मल्लले र कर्णालीको कप्तानी सोमपाल कामीले गर्नेछन्।
दोस्रो खेल दिउँसो ४ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच हुनेछ। विराटनगरका कप्तान सन्दीप लामिछाने र पोखराका कप्तान कुशल भुर्तेल हुन्।
उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स काठमाडौं गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो। कीर्तिपुरस्थित त्रिवि मैदानमा मंसिर १ देखि २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा कुल ३२ खेल हुनेछन्।
एक खेलमा ९,४५० टिकट बिक्री हुने क्यानले जनाएको छ। लिग चरणका टिकट ५०० र १,००० रुपैयाँ, शनिबार ५०० र १,५००, प्लेअफपछि १,००० र २,००० तथा सिजनल टिकट १५,००० रुपैयाँ तोकिएको छ। प्रतियोगितामा ८ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा छन्।
