आईसीसी टी–२० विश्वकपको खेल तालिका सार्वजनिक
काठमाडौँ । आगामी वर्ष हुने आईसीसी टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरेको छ । नेपाल समूह सी’मा परेको छ । यो समूहमा अनुभव बटुलिसकेका टोली परेका छन् । यस समूहमा वेस्ट इन्डिज, इङ्ल्यान्ड, बंगलादेश र इटाली छन् । वेस्ट इन्डिज र इङ्ल्यान्ड दुवै दुईदुई पटकका विश्वविजेता हुन् । नेपालको पहिलो भिडन्त इंग्ल्यान्डसँगै फेब्रुअरी ८ मा हुनेछ । खेल मुम्बईस्थित वान्खडे स्टेडियममा हुनेछ । नेपालले तेस्रोपल्ट विश्वकप खेल्न लागेको हो ।
यसअघि नेपाल सन् २०१४ र २०२४ मा विश्वकप खेलिसकेको छ । यस्तै नेपालले फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा बंगलादेशसँग खेल्नेछ । यी खेलहरू पनि मुम्बईमा नै हुनेछन् । विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ ।
