एनपीएल : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदै

२०८२ मंसिर २० गते, शुक्रबार


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) त्रिकेटमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ । खेल अपराह्न चार बजे हुनेछ । ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न आजको खेल अति महत्वपूर्ण छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछन् ।
साविक बिजेता जनकपुरले यस सिजन हालसम्म भएका पाँच खेलबाट दुई अंक मात्र पाएको छ । विहीबारको खेलमा शाहब आलमको ह्याट्रिकसहित ६ विकेटको शानदार बलिङमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई हराएर प्लेअफमा पुगेको छ । लगातार ६ खेल जितेको सुदूरपश्चिम रोयल्स शीर्षस्थानमै रहेर पहिलो क्‍वालिफायर खेल्ने पक्का भइसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]