एसीसी यू-१९ एशिया कप : नेपाल र अफगानिस्तानबीच प्रतिष्पर्धा हुँदै

२०८२ पुष २ गते, बुधबार


काठमाडौँ । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपाल र अफगानिस्तानबीच प्रतिष्पर्धा हुँदै छ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने सोही खेल बुधबार बिहान पौन ११ बजेदेखि शुरु हुने भएको हो। जारी यू-१९ एशिया कपमा नेपाल र अफगानिस्तान दुवैले लगातार दोस्रो खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएका छन्। त्यसैले यस खेलको नतिजाले कुनै फरक भने पार्ने छैन। नेपाल र अफगानिस्तान दुवै श्रीलंका र बंगलादेशसँग पराजित भएका थिए।
एकदिवसीय फर्म्याटमा हुने एसीसी यू-१९ एशिया कपमा आईसीसीका पूर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, नेपाल र युएई खेलिरहेका छन्। समूह ‘ए’ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगिसकेका छन् । समूह ‘बी’ बाट भने श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगेका हुन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु