टि ट्वान्टी विश्वकप : २४ खेलाडीको नाम सार्वजनिक
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले भारत र श्रीलंकामा माघ २५ देखि फागुन २४ गते (२०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि आजबाट तयारी सुरु गर्ने भएको छ । क्यानले यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । ११ दिनअघि सकिएको नेपाल प्रिमियर लिग (एनपिएल) सिजन टु को प्रदर्शनका आधारमा पनि खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ ।
एनपिएल शेर मल्ल, विनोद भण्डारी,भीम सार्की,अविनाश बोहरा, इशान पाण्डे, बसिर अहमद, प्रतिश जी सी,रुपेश कुमार सिंह प्रशिक्षण क्याम्पमा परेका छन् ।
नेपालले भारतको मुम्बईमा आफ्नो समूह चरणका सबै खेल खेल्नेछ । नेपाल समूह सीमा इङ्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश, इटालीसँग रहेको छ। नेपालले माघ २५ इङ्ल्यान्डसँग खेल्दै विश्व कपको सुरुवात गर्नेछ ।
