महिला प्रिमियर लिग सुरु : बेंगलुरु र मुम्बईबिच भिडन्त हुँदै

२०८२ पुष २५ गते, शुक्रबार


काठमाडौँ । विमेन्स प्रिमियर लिग (डब्लूपीएल) को नयाँ सिजन आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेल २ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र २०२४ को विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) बिच साँझ ७:४५ बजे डीवाई पाटिल स्टेडियममा हुनेछ। यस खेलमा महिला विश्वकप जित्ने भारतीय टोलीका ७ जना खेलाडीहरू मैदानमा देखिनेछन्। जसमा भारतीय कप्तान हरमनप्रीत कौर र उपकप्तान स्मृति मन्धानाले एक-अर्काविरुद्ध आ-आफ्नो टोलीको कप्तानी सम्हाल्नेछन्। यी दुईबाहेक विकेटकिपर ऋचा घोष, राधा यादव, अरुन्धती रेड्डी, अमनजोत कौर र क्रान्ति गौड पनि मैदानमा उत्रिनेछन्।
डब्लूपीएलमा मुम्बई र बेंगलुरुबिच अहिलेसम्म कुल ७ खेल भएका छन्। जसमध्ये ४ खेल मुम्बई इन्डियन्सले जितेको छ भने ३ खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले जित हासिल गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]