साफ महिला फुटसल च्याम्पियनसिप : नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

२०८२ माघ ४ गते, शनिबार

काठमाडौँ । साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ। थाइल्याण्डमा जारी च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दिउँसो पौने ४ बजे भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले यसअघि बिहीबार भएको खेलमा माल्दिभ्समाथि ५-० गोलको जित निकालेको थियो । पहिलो खेलमा भने नेपाल श्रीलंकासँग २-२ गोलको बराबरीमा रोकिएको थियो। नेपाल अपराजित यात्रा जारी राख्ने गरी आज भारतविरुद्ध मैदान उत्रिन लागेको हो । यसअघि हिजो सम्पन्न खेलमा पुरुष टोलीले श्रीलंकालाई पराजित गरेको छ । श्रीलंकालाई २-० गोलले पराजित गर्दै नेपालले साफ पुरुष फुटसल च्याम्पियनसिपमा विजयी शुरुवागत गरेको हो। पुरुष टिमले पनि भोलिा भारतसँग खेल्ने तालिका छ।

प्रतिक्रियाहरु

[anycomment]