दशौं फेवा महोत्सव शुरु

२०६९ चैत्र २९ गते, बिहीबार


दशौं फेवा नवबर्ष महोत्सव आजबाट पोखरामा शुरु हुँदैछ ।नयाँवर्षको अवसरमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पश्चिमाञ्चल होटल संघले अघिल्ला वर्षहरुमा जस्तै महोत्सव गर्न लागेको हो ।बैशाख २ गतेसम्म पोखराको बसुन्धरा पार्कमा हुने महोत्सवको पूर्वसन्ध्यामा आजबिहीबार बिहान लेकसाइडको खहरेचोकबाट साँस्कृतिक झाँकी सहित र्या ली गरिँदैछ ।महोत्सवको उद्घाटन दिउँसो साढे १२ बजेपछि हुनेछ । २०६९ साललाई बिदाई र २०७० साललाई स्वागत गर्ने क्रममा चैत ३१ गते साँझ महोत्सवमा गरिने आतसबाजी नेपाल टेलिभिजनबाट पनि प्रत्यक्ष प्रसारण हुने संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जानकारी दिए ।
महोत्सवमा रहने १५ वटा स्टलमा देशविदेशका खानाका प्रदर्शन र बिक्री गरिनेछ भने अन्य उत्पादनका समेत गरी ६० वटा स्टल रहनेछन् । महोत्सवमा पर्यटक दौड र साँस्कृतिक कार्यक्रमहरु समेत गरिने आयोजकले जनाएको छ ।महोत्सव अबधिभरि नेपालीका लागि वासमा ३० प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । महोत्सवबाट बचेको रकममध्ये केही फेवातालको संरक्षणका लागिखर्च गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार