चार सय वर्षुरानो युद्ध सामग्री भेटियो

२०६९ चैत्र ३१ गते, शनिबार

काठमाडौँ । चुरे वन क्षेत्रको ‘ढुंगालडे’ भन्ने ठाउँमा चार सय वर्षुरानो प्राचीनकालीन युद्ध सामग्री भेटिएको छ । सप्तरीको धरमपुरका प्रेमबहादुर विश्वकर्माले चुरेबाट घाँस ल्याउन घाँसे हँसिया चलाउने क्रममा उक्त प्राचीनकालीन युद्ध सामग्री भेटिएको हो । सप्तरीस्थित चुरे क्षेत्र पुरातात्विक महत्व बोकेको ठाउँ हो । यसअघि पनि जिल्लाको शम्भुनाथ गाविसको कनकपटीस्थित चुरे क्षेत्रमा मध्यकालीन सेनवंशीय राजाहरू बसेको दरबार पाइएको थियो ।
सप्तरीस्थित पूवपश्चिम राजमार्गखण्डमा पर्ने ठेलिया चौकबाट सिधै उतर-पश्चिममा रहेको चुरे क्षेत्रमा भेटिएको प्राचीनकालीन युद्ध सामग्री अहिले स्थानीय प्रेमबहादुर विश्वकर्माका घरमा सुरक्षित राखिएको छ । भेटिएका युद्ध सामग्रीमा तरबार, तीर, ढाल, साङ्गली, कोदाली, हँसिया, रेती, रथको अन्न, टापसहितका छन् । युद्ध सामग्री भेटिएको ठाउँ ‘ढुंगालडे’ सम्म पुग्न झन्डै तीन घण्टा हिंडेर जानुपर्ने हुन्छ । उक्त युद्ध सामग्री एक साताअघि फेला परेको हो । अहिल्यै पनि त्यहाँ खन्दा लीन युद्ध सामग्री भेटिने क्रम जारी रहेको स्थानीय उत्तम आचार्यले बताए । उनका अनुसार प्राचीनकालीन युद्ध सामग्रीहरू फेला पार्नले महाभारतको युद्ध यतातर्फमेत भएको हुन सक्छ ।’ ढुंगालडेबाट करिब एक घण्टा हिंडेर अझ उतर जाँदा सलहेसको प्रचीनकालीन दरबारका अवशेष छन्’, स्थानीय प्रेमबहादुर विश्वकर्माले भने, ‘त्यसको दुइ घण्टा अरु हिंड्दा कुन्ता माई भन्ने पर्दछ, कुन्ता माई महाभारतकालीन ठाउँ भएकाले हाल भेटिएका युद्ध सामग्री पनि त्यति बेलाकै युद्धमा प्रयोग गरिएको हुन सक्छ ।’ विद्व हरिकान्तलाल दासले भेटिएका युद्ध सामग्री प्राचीनकालीन हतियार नभई नवौं शताब्दीको सलहेसकालीन भएको हुनसक्ने बताएका छन् । सप्तरीको चुरे क्षेत्रमा राजा सलहेसकै बढी पकड भएकाले सो सामग्री पनि त्यति बेलाकै हुन सक्ने उनको भनाइ छ । यसैबीच प्राचीनकालीन युद्ध सामग्री भेटिएको ठाउँ ढुंगालडेलाई पुरातात्विक विभागले उत्खनन गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार