चट्याङ लागेर होटल जल्यो
काठमाडौ, – मंगलबार राति हावाहुरी र पानीसँगै आएको चट्याङ लागेर पश्चिम चितवनको मेघौलीमा रहेको होटल बाराहीमा आगलागी भएको छ । चट्याङ लागेर होटलको दुईवटा भवनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार छत सबै नष्ट भएको छ भने भवनको अधिकांश भागमा क्षति पुगेको छ । भवनमा रहेको महत्वपूर्ण सामग्रीसमेत जलेको बताइएको छ । आगलागी हुँदा १२ लाख रुपैयाँबराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ । राति नै दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले आगो निभाएका थिए ।