ताइवानी मेलामा नेपालको सहभागिता

२०७० बैशाख ७ गते, शनिबार


काठमाडौँ । यही वैशाख ११ देखि १४ गतेसम्म ताइवानको ताइवान टे्रड सेन्टरमा हुन गइरहेको ताइपेइ अन्तर्रर्ट्रय गिफ्ट एन्ड स्टेसनरीे -गिफ्टीनरी ताइपेइ २०१३) मेलामा ललितपुर उद्योग वाणिज्य संघले सहभागिता जनाउने भएको छ । उक्त मेलामा संघको नेतृत्वमा नेपालका तर्फाट १६ वटा स्टल राखिनेछ । मेलाका लागि संघबाट अध्यक्ष अजरमान जोशीको नेतृत्वमा ३६ सदस्यीय टोली ताइवान पुग्ने संघले जनाएको छ । सो अवसरमा संघ तथा ताइवान व्यापार पर््रवर्द्धन केन्द्र -टिआइटिआरए) बीच समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत रहेको छ । यसरी दर्ुइ संघबीच हुने समझदारीले नेपाल तथा ताइवानबीचको व्यापारिक सम्बन्ध सुदृढ हुनाका साथै नेपाली उत्पादन ताइवानमा निकासी गर्न सहयोग पुग्ने विश्वास संघको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार