तीनकुनेमा सुविधासम्पन्न होटल बन्ने
काठमाडौँ । प्रवासी युवाहरूले काठमाडौँको तीनकुनेमा सुविधासम्पन्न होटल सञ्चालन गर्न लागेका छन् । विदेशमा सिकेको सीप र भित्र्याएको लगानीलाई सदुपयोग गर्न होटलको सुरुवात गर्न लागेको सञ्चालकको भनाइ छ । कम्पनी रजिस्टारको कार्यालयमा कम्पनी दर्ता गरेर दुइ महिनाअघि काम सुरु गरेका ११ जना प्रवासी युवाहरूले तिनकुनेमा सुविधासम्पन्न होटल र रेस्टुरेन्ट व्यवसाय संचालनलाई अन्तिम तयारीमा पुर्याएका छन् । विदेशमा रगत र पसिना बगाएर कमाएको रकमलाई सदुपयोग गर्दै आफ्नै देशमा रोजगारीको वातावरण सिर्जना गर्ने उद्देश्यले नेशनल भिजन होटल एण्ड ग्रिन प्यालेस रेष्टुरेष्टको नाममा काम सुरु गरेको कम्पनीका अध्यक्ष श्याम शंकल्पले बताए । यर्ूर्एइ, साउदी अरब, कोरिया, इजरायल, कतारलगायतका मुलुकहरूमा काम गरेर फर्किएका र काम गर्दै गरेका युवाहरूको संयुक्त लगानीमा यो होटलको सुरुवात गरिएको हो । मध्यमवर्गलाई लक्षित गरिएको होटलमा नेवारी, थकालीलगायतका नेपाली खानासहित कन्टिनेन्टल खानको व्यवस्था मिलाइएको छ । ३३ कोठा रहेको होटलमा दर्ुइ सय जना अट्ने कार्यक्रम हलको समेत व्यवस्था गरिएको छ । कोठामा सुविधासम्पन्न बेडसहित अन्य सुविधाहरू समावेश गरिएको छ । हरियो र सेतो रङले सिंगारिएको यो होटलका कोठाहरूमा नेपालीपन प्रशस्त पाउन सकिन्छ । नेपालका पर्यटकीय क्षेत्रलाई परिचित गराउने उद्देश्यले प्रत्येक कोठालाई नेपालका पर्यटकीय क्षेत्रको नाम दिइएको छ । होटलमा दोहरी गीत, गजललगायतका मनोरञ्जनात्मका कार्यक्रम गरिने सञ्चालकहरूको भनाई छ ।